तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति समक्ष निर्वाचन आयोगको प्रतिवेदन पेश

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति समक्ष राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश गरेको छ ।
संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) तथा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ३ को उपदफा १(घ) बमोजिमको रिक्त पदमा उपनिर्वाचन गरी परिणाम सहितको प्रतिवेदन पेश भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उक्त प्रतिवेदनमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन सन्दर्भमा भए गरेका कार्यहरू, राजनीतिक दल दर्ता, निर्वाचनको तयारी, मतदाता नामावली र मतभार, निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना, निर्वाचन कार्यक्रम सञ्चालन, उम्मेदवारको मनोनयन दर्ता, जनशक्ति मतदान केन्द्र र सामग्री व्यवस्थापन, अभिमुखीकरण र मतदाता शिक्षा कार्यक्रम, मतपत्र व्यवस्थापन, सुरक्षा व्यवस्था र स्वास्थ्य सुरक्षा प्रबन्ध, निर्वाचन अनुगमन र अवलोकन, मतदान, मतगणना र परिणाम घोषणा लगायतका विषयहरू समावेश गरी पेश गरिएको निर्वाचन आयोगले जनाएको छ।
उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवार श्री खिमलाल देवकोटा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button