तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २१ पुग्यो

symbolic picture
अछाम । अछाममा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ का ६२ वर्षका पुरुषको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय अछामका कोभिड सम्पर्क व्यक्ति मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
कोरोना भाइरस सङ्क्रमणका लक्षण सहित स्वास्थ्यमा समस्या आएपछि उहाँलाई उपचारका लागि चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । हिजो उपचारमा लगिएका उहाँको एन्टिजेन विधिबाट परीक्षण गर्दा हिजो राति कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । थप उपचारको लागि हिजै राति वयालपाटा अस्पताल ल्याइएका उहाँको आज बिहीबार दिउँसो ज्यान गएको कोभिड सम्पर्क व्यक्ति कुँवरले बताउनुभयो ।
यो सँगै अछाममा कोरोना महामारीको दोस्रो लहरमा ज्यान गुमाउनेको सङ्ख्या १६ सहित जम्मा ज्यान गुमाउनेको सङ्ख्या २१ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button