तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर अस्पतालमा २ जना सङ्क्रमितको मृत्यु

symbolic picture
टीकापुर, कैलाली । कैलालीको टीकापुर अस्पतालमा पछिल्लो २४ घण्टामा २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै टीकापुर अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको टीकापुर अस्पतालका कोरोना फोकल पर्सन डाक्टर रमेश प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा ५ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् । योसँगै टीकापुर अस्पतालबाट डिस्चार्ज हुनेको सङ्ख्या ८५ पुगेको टीकापुर अस्पतालले जानकारी दिएको छ ।
टीकापुर अस्पतालमा अहिले ४० जना कोरोनाका लक्षण भएका बिरामीहरूको उपचार भइरहेको छ । ४० जना मध्ये १० जनाको एचडियुमा, १२ जनाको कोरोना जनरल वार्डमा र १८ जनाको अक्सिजन सहित चिकित्सकको निगरानीमा उपचार भइरहेको डाक्टर उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button