तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमितहरूलाई चाहिने औषधी घरमै पुर्‍याइने

सुनसरी । सुनसरीको धरानस्थित उपमहानगरपालिकामा रहेका कोरोना सङ्क्रमितहरूलाई अब देखि स्वास्थ्य परामर्शसँगै घरमा पुगेर उनीहरूलाई चाहिने अत्यावश्यक औषधीहरू पुर्‍याइने भएको छ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अहिले सम्म धरानमा रहेका ५ सय ७० जना सक्रिय सङ्क्रमितहरूलाई सेवा घरमै पुगेर दिने महाशाखा प्रमुख उमेश मेहेताले बताए ।
यसका लागि अहिले धमाधम औषधीहरू जिउ, टाउको दुख्ने र ज्वरोको औषधी, रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधीहरू, भिटामिन सी, जिङ्क चक्की, हेण्ड स्यानिटाइजर, मास्क लगायतका सामाग्री प्याकिङ भइरहेको छ ।
भोलि शुक्रवार देखि २४ सै घण्टा यसका लागि धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य संस्थाका २७ जना स्वास्थ्यकर्मीहरूलाई परिचालन गरिँदै छ ।
बिपी प्रतिष्ठानमा कोरोना संक्रमित १ जनाको मृत्यु 
धरानस्थित बिपी प्रतिष्ठानमा कोरोना संक्रमित एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार पाख्रिबास २ धनकुटाकी ९१ बर्षीया वृद्धाको  उपचारका क्रममा हिजो राती ७ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।
मृतकको शवलाई नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button