तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ११९ संक्रमित थपिँदा १७७ जना डिस्चार्ज

      
बाँके ।  बाँकेका विभिन्न तीन वटा प्रयोगशालामा बिहीबार थप ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ६७० नमुना परीक्षण गर्दा ३०९ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।
भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ४३६ नमुना परीक्षण गर्दा २३२ जना, मेडिकल कलेज कोहलपुरमा ८४ नमुना परीक्षण गर्दा २१ जना र बागेश्वरी ल्याबमा १५० नमुना परीक्षण गर्दा ५६ जना गरी कुल ३०९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरू मध्ये ११९ जना बाँकेका रहेका छन् । ४४ जना महिला र ७५ जना पुरुष गरी जिल्लाका थप ११९ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७७ हजार ४२१ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैबिच आज जिल्लाका १७७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । ४४ जना महिला र ७५ जना पुरुष कोभिड सङ्क्रमणबाट निको भएको समितिले जनाएको छ । गएको २४ घण्टामा कोभिड सङ्क्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । जिल्लाका ४ जना र जिल्ला बाहिरबाट उपचारका लागि आएका ५ जना गरी थप ९ जनाको मृत्यु भएको हो ।
हालसम्म बाँकेमा १६ हजार ९ सय ३७ जना संक्रमित भएका छन् । ती मध्ये १५ हजार ४ सय ४० जना निको भई डिस्चार्ज भएका छन् । संक्रमित मध्ये २ सय ८६ जनाको मृत्यु भएको छ ।  जिल्लामा १ हजार २ सय ११ जना आइसोलेसनमा रहँदा ३ सय ७१ जना अस्पताल र आइसोलेसनमा छन् भने ९ सय ९३ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button