तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड-१९ को रोकथाम, उपचार र राहतमा केन्द्रित हुन काँग्रेसको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसले कोभिड–१९ को रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस आफै पनि कोभिड–१९ को रोकथाम र उपचारमा जनताका पीडाहरूलाई कम गर्न सक्रियताका साथ लागि परेको बताउँदै सरकारलाई गम्भीर हुन नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।
वर्तमान अवस्थामा सरकारको सम्पूर्ण ध्यान कोभिड–१९ को रोकथाम र उपचारमा केन्द्रित गर्न र निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरूको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button