तपाईँ सुन्दै हुनुहुन्छः

नर्भिकमा पोस्ट कोभिड–१९ क्लिनिक

काठमाडौँ । नर्भिक इन्टरनेशनले हस्पिटलले कोभिड–१९ सङ्क्रमण निको भइसकेपछि पनि स्वास्थ्यमा आउन सक्ने  जोखिमलाई  सम्बोधन गर्न  ‘पोस्ट कोभिड–१९ क्लिनिक’ शुरुवात गरेको छ ।
विशेषज्ञ सहितको क्लिनिक सञ्चालनमा ल्याएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो । अस्पतालका कार्डियोलोजिष्ट डा जेपी जैसवालका अनुसार नेपालमा समेत सङ्क्रमण निको भएपछि विभिन्न स्वास्थ्य समस्या देखिएको गरेको छ ।
उहाँले सङ्क्रमण तत्काल ठिक भए पनि लामो समयसम्म  धेरैलाई सामान्य शारीरिक समस्या, थकाइ लाग्ने, छाती दुख्ने, निद्रा नलाग्ने, मनोरोग हुने, उच्च रक्तचाप, हिँड्दा स्वाँ स्वाँ , श्वासप्रश्वासमा समस्या हुने जस्ता समस्याहरू देखिने  जानकारी दिनुभयो ।  सिनियर फिजिसियन उहाँले सङ्क्रमणपछि देखिने यस्ता समस्याको उपचार गर्नका लागि पोस्ट कोभिड क्लिनिकमा सञ्चालन गरिएको जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button