तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा : ५ सदस्यीय संवैधानिक इजलास गठन

काठमाडौं । सर्वोच्व अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन गरेको छ ।

इजलासमा न्यायाधीशहरु प्रधानन्यायाधीश जबरा, दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनुहनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वोच्च अदालतले गरेको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button