तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीले आज ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्नुहुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

भोलि जेठ १५ गते आर्थिक वर्ष २०७८/०७९ को बजेटको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले गर्नुहुने सम्बोधनमा सम्भवतः सरकारको नीति तथा कार्यक्रमका विषय पनि पर्ने बुझिएको छ ।

प्रधानमन्त्रीले गर्नुहुने सम्बोधनको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button