तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा निषेधाज्ञा कडाइ गर्दै प्रशासन, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना हुने

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले कोभिड सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको अध्यादेशअनुसार जरिवानाको तयारी गरेको छ ।

यस अघि सङ्क्रामक रोग नियन्त्रण ऐन अन्तर्गत निषेधाज्ञा अटेर गर्नेलाई एक सय रुपैयाँसम्म जरिवाना गराइँदै आएकोमा अब नयाँ अध्यादेशअन्तर्गत जरिवाना लिन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो ।

अध्यादेशले अटेर गर्नेका हकमा व्यक्तिलाई अधिकतम एक लाख र संस्थाका हकमा पाँच लाखसम्म जरिवाना गर्न सक्ने प्रबन्ध गरेको छ ।

अध्यादेशमा सवारी साधनका हकमा दुई पाङ्ग्रेलाई दुई हजार र अरूका हकमा पाँच हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।

अहिलेसम्म सङ्क्रामक रोग ऐनअनुसार कारबाही भए पनि अब भने नयाँ अध्यादेशबाट जरिवाना लिने गरी तयारी गरिएको प्रहरी प्रवक्ता डिएसपी युवराज तिमल्सेनाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button