तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा एक्कै दिनमा ८ सयभन्दा बढी कोरोना संक्रमित निको 

जनकपुरधाम । प्रदेश नंं २ मा कोरोना संक्रमित भएर उपचारमा रहेकाहरूको निको हुने दर अत्यधिक मात्रामा वृद्धि भएको छ ।
एक्कै दिनमा ८ सय २७ जनाले कोरोना सङ्क्रमित निको भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसबाट संक्रमित भई विभिन्न जिल्लाहरूको संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा रहेकाहरू कोरोनालाई पराजित गरेर एक्कै दिनमा सो सङ्ख्यामा निको भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिनु भएको छ ।
निको हुनेहरूमा ७ सय पुरुष तथा १ सय ६७ जना महिला रहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश २ मा कोरोनाबाट संक्रमित भएका ३१ हजार ५ सय १६ जना मध्ये हालसम्म २० हजार १ सय २८ जना निको भएका छन् ।
निको हुनेमा १६ हजार ६ सय २५ जना पुरुष तथा ३ हजार ५ सय ३ महिला रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button