तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छली ल्याइएको ३ सय ९१ बोरा मल बरामद

कञ्चनपुर  । भारतबाट भन्सार छली गरी ल्याएको मल खाद कञ्चनपुर प्रहरीले बरामद गरेको छ ।
प्रहरीले बेदकोट नगरपालिका–७ झस्पुरका चक्र फार्सवानको घरबाट ३ सय ९१ बोरा डिएपी मल बरामद गरेको हो ।
कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार बरामद गरिएको मलको मूल्य ७ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
बरामद गरिएको मल गड्डाचौकी भन्सार कार्यालय बुझाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button