तपाईँ सुन्दै हुनुहुन्छः

जनताको स्वास्थ्य सुरक्षामा सरकार कटिबद्ध : प्रधानमन्त्री 

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा छिट्टै अक्सिजन प्लान्ट जडान हुने र यसका लागि आवश्यक प्रबन्ध मिलाइएको बताउनुभएको छ ।
आज भर्चुअल माध्यमबाट दमक क्याम्पसको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको स्वास्थ्य सुरक्षामा सरकार कटिबद्ध रहेको जनाउनुहुँदै दमकमा पनि छिट्टै अक्सिजन प्लान्टको व्यवस्थापन हुने बताउनुभयो ।
उहाँले दमक अस्पतालको सुविधा सम्पन्न भवन बनिरहेको भन्नुहुँदै आवश्यक उपकरणहरूको पनि अभाव हुन नदिने जनाउनुभएको छ ।
देशभर अक्सिजनको व्यवस्था, भेन्टिलेटरको व्यवस्थापन लगायतका कार्यले गर्दा पछिल्लो समयमा कोरोना सङ्क्रमणबाट हुने मृत्युदर घट्दै गएको उहाँको भनाई थियो ।
प्रधानमन्त्री ओलीले सरकार कोरोनाबाट जनतालाई बचाउन अनवरत रुपमा लागेको बताउनुभयो ।
उहाँले कोरोनाविरुद्ध लड्न हरेक व्यक्ति सिपाही भएकोले यसलाई परास्त गर्न सबैको उत्तिकै दायित्व हुने बताउनुभयो ।
“विभिन्न देशबाट खोप ल्याउने प्रक्रिया चलिरहेको छ । हामी खोप ल्याउँछौँ र सबै नागरिकलाई खोप उपलब्ध गराउँछौँ,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button