तपाईँ सुन्दै हुनुहुन्छः

दुव्र्यवहारमा सङ्लग्नलाई कारबाही गर्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई आज टेलिफोन गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटनामा सङ्लग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिनुभएको छ ।

महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै उपप्रधानमन्त्रीले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन पनि दिनुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

घटनाको सम्बन्धमा छानबिन समिति गठन भएको छ भने ३ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button