तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर अस्पतालमा पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु

टीकापुर, कैलाली । कैलालीको टीकापुर अस्पतालमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै टीकापुर अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४० पुगेको टीकापुर अस्पतालका कोरोना फोकल पर्सन डाक्टर रमेश प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा १ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् । योसँगै टीकापुर अस्पतालबाट डिस्चार्ज हुनेको सङ्ख्या ८६ पुगेको टीकापुर अस्पतालले जानकारी दिएको छ ।
टीकापुर अस्पतालमा अहिले ४१ जना कोरोनाका लक्षण भएका बिरामीहरूको उपचार भइरहेको छ । ४१ जना मध्ये ११ जनाको एचडियुमा, १८ जनाको कोरोना जनरल वार्डमा र १२ जनाको अक्सिजन सहित चिकित्सकको निगरानीमा उपचार भइरहेको डाक्टर उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button