तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा कोरोना : १०५ सङ्क्रमणमुक्त, ९२ नयाँ संक्रमित

दोलखा । दोलखा जिल्लामा शुक्रवार (आज) एक सय पाँच जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९२ जना नयाँ संक्रमित थपिएका छन्

स्वास्थ्य कार्यालय दोलखाबाट प्राप्त तथ्याङ्क अनुसार शुक्रवार जिल्लाको भीमेश्वर नगरपालिकाका १७ जना पुरुष र २७ जना महिला गरी ४४ जना, तामाकोसी गाउँपालिकाका सात जना पुरुष र १२ जना महिला गरी १९ जना, मेलुङ गाउँपालिकाका एक जना पुरुष, गौरीशङ्कर गाउँपालिकाका दुई जना पुरुष, कालिञ्चोक गाउँपालिकाका दुई जना पुरुष र सात जना महिला गरी नौ जना, शैलुङ गाउँपालिकाका छ जना पुरुष र चार जना महिला गरी १० जना तथा बैतेश्वर गाउँपालिकाका १५ जना पुरुष र पाँच जना महिला गरी २० जना संक्रमण मुक्त भएका छन् ।

शुक्रवार (आज) भीमेश्वर नगरपालिकाका १० जना पुरुष र १६ जना महिला गरी २६ जना, जिरी नगरपालिकाका एक जना पुरुष, विगु गाउँपालिकाका आठ जना पुरुष र ११ जना महिला गरी १९ जना, कालिञ्चोक गाउँपालिकाका १० जना पुरुष र १० जना महिला गरी २० जना, बैतेश्वर गाउँपालिकाका दुई जना पुरुष र एक जना महिला गरी तीन जना तथा तामाकोसी गाउँपालिकाका १४ जना पुरुष र नौ जना महिला गरी २३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

दोलखा जिल्लामा शुक्रवारसम्म आठ सय २४ जना सक्रिय संक्रमित रहेको र त्यसमा ४८ जना चरिकोट अस्पताल, जिरी, सिंगटी, तामाकोसी र बैतेश्वर अस्पतालको आइसोलेसनमा रहेको पनि स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button