तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा कोरोना सङ्क्रमित सङ्ख्या ६५० पुग्यो, ११८ ले कोरोना जिते

सोलुखुम्बु । सोलुखुम्बुमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६५० पुगेको छ ।
स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एन्टिजेन परीक्षणमा ४० जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये सोलुदूधकुण्ड नगरपालिकाका २१, नेचासल्यानका ३, महाकुलुङका ५, खुम्बु पासाङल्हामूका ८ र फाप्लु अस्पतालमा एन्टिजेन परीक्षणमा ३ जनालाई कोरोना देखिएको हो ।
जसमध्ये ११८ जना निको भएका छन् । कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण सोलुदूधकुण्ड नगरपालिकाका तीन जना, खुम्बु पासाङल्हामु गाउँपालिकाका एक जना र सोताङ गाउँपालिकाका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
फाप्लु अस्पतालको आइसोलेसनमा हाल १६ जना सङ्क्रमितको उपचार भइरहेको छ । जसमा एक जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button