तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा जेठ २४ निषेधाज्ञा थप

पाल्पा । पाल्पामा जेठ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णय र सरकारको जारी कोभिड–१९ सम्बन्धी अध्यादेश अनुसार निषेधाज्ञा थप गरिएको हो ।
जिल्लामा जेठ १५ गतेसम्म रहेको निषेधाज्ञाको समयलाई ९ दिन थप गरेर जेठ २४ गते राती १२ बजेसम्मलाई लम्ब्याइएको पाल्पाको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button