तपाईँ सुन्दै हुनुहुन्छः

लागू औषधसहित दुई जना पक्राउ

झापा । झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीबाट प्रहरीले दुई जनालाई लागू औषधसहित पक्राउ गरेको छ ।

बिहीबार बेलुका साढे ५ बजे लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका २५ वर्षीय लोकेन्द्र खड्का र २४ वर्षीय कमल दाहाल रहेका छन् ।

उनीहरूले तरकारी बोकेको झोला भित्र लागू औषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, विईन स्पाम २८ ट्याब्लेट र निट्राभेट ३० ट्याब्लेट फेला पारेको हो ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर थप अनुसन्धान अघि बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button