तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ को विभिन्न जिल्लाहरूमा यास चक्रवातको अत्यधिक प्रभाव

जनकपुरधाम । प्रदेश नंं २ का विभिन्न जिल्लाहरूमा बङ्गालको खाडीमा बनेको ‘यास’ चक्रवातको प्रभाव निक्कै मात्रामा परेको छ । गए राति देखि अहिलेसम्म हावासँगै वर्षा भइरहेका कारणले जनजीवन प्रभावित बनेको छ ।
चक्रवातको प्रभाव तीन देखि भए पनि गए रातिबाट यसको प्रभाव बढेर गएको छ । पूर्वबाट चलेको हावासंगैको वर्षाका कारणले जनजीवन प्रभावित बनेको छ । लगातार रुपमा वर्षा भएका कारणले कतिपय ठाउँमा निर्माणको कामकाज अवरुद्ध भएको छ ।
यास चक्रवातको प्रभाव धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट सहितको जिल्लाहरूमा राति देखि नै परेको छ ।
स्थानीय प्रशासनले कोरोनाका कारणले निषेधाज्ञा आदेश जारी गरेको र लगातार रुपमा हावासँगै वर्षा भएपछि मान्छेहरू घर बाहिर निस्कन सकेका छैनन् । वर्षा अत्यधिक मात्रामा भएपछि वर्षे बालीका लागि धानको बीउ छर्किनका लागि निक्कै सहज भएको अगुवा किसान रामअवतार यादवले जानकारी दिनुभयो ।
बढी वर्षा भएको खण्डमा छर्किएका बिउँहरू बग्ने, उम्रेका बिउँहरू गल्ने खतरा रहेको छ । लगातार रुपमा वर्षा भएको कारणले जनकपुरधामको वडा नंं ७ र ८ मा भइरहेको भूमिगत ढलको निर्माणको काम प्रभावित बनेको छ । वर्षाका कारणले ढलका लागि खनिइएका ठाउँमा हिलै हिलो भएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या उत्पन्न भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button