तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ सरकारद्वारा ९ वटा आधुनिक वारुणयन्त्र खरिद

जनकपुरधाम । प्रदेश नंं २ का सरकारले वर्षेनी रुपमा आगलागीबाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न एवं प्रभावकारी नियन्त्रणका लागि ९ वटा अत्याधुनिक वारुण यन्त्र खरिद गरेको छ ।
करिब ७ महिना अगाडि नै टेण्डर गरेर ती वारुणयन्त्र निर्माणमा समय लागेकाले ढिलो गरी आइपुगेको प्रदेश नंं २ को आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनु भएको छ ।
सबै प्रकारको प्राकृतिक विपत्तिको सामना गर्न तथा त्यसबाट हुने क्षतिलाई ७० प्रतिशतले कम गर्ने उद्देश्यले प्रदेश सरकारले दीर्घकालीन रणनीति कार्य योजना अन्तर्गत बाढीको समयमा उद्धार तथा राहत दिनका लागि चाहिने उपकरण, रबर वोर्ट, लाइफ ज्याकेट तथा गर्मीमा हुने आगलागी नियन्त्रणका लागि वारुण यन्त्र वार्षिक कार्यक्रम अन्तर्गत खरिद गरेको मन्त्री यादवले जानकारी दिनुभयो ।
वारुण यन्त्रको सामानहरू निर्माण गर्नका लागि ५ महिना समय लागेको बताउँदै वारुण यन्त्रलाई २४ औँ घण्टा परिचालन गर्ने गरी प्रदेशको सबै जिल्लाको सबै ठाउँमा बढीमा १५ देखि २० मिनटमा पुग्ने गरी सुरक्षा निकाय मातहत वारुण रहने मन्त्री यादवले बताउनु भयो ।
मन्त्री यादवले स्थानीय तहले पनि वारुण यन्त्र राखे पनि कतिपय अवस्थामा बिग्रेको कर्मचारीहरू बिदामा बसेको पाइएकाले कतिपय ठाउँमा समयमा परिचालन नभएका कारणले धनजनको ठुलो क्षति भएको कैयन उदाहरण रहेकाले सुरक्षाकर्मी मातहत रहने गरी उपयुक्त ठाउँमा होल्डिङ्ग सेन्टर निर्माण गरिने जानकारी दिनुभयो ।
करिब ५४ लाख पर्ने वारुण यन्त्र खरिद गर्ने विषय प्रदेश सरकारको वार्षिक बजेट तथा कार्यक्रममा नै समावेश भए अनुसार नै आएको प्रदेश न.२ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button