तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा जेठ २२ गतेसम्म निषेधाज्ञा थप  

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले थप एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

सुनसरीमा कोरोना सङ्क्रमणको दर तीव्र रूपमा वृद्धि हुँदै गएपछि सुनसरी जिल्लामा पछिल्लो पटक फेरी एक साताको लागि निषेधाज्ञा थप गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा शुक्रवार बसेको डिसिसिएमसि बैठकले निषेधाज्ञाको अवधि जेठ २२ गतेसम्मको लागि थप गर्ने निर्णय गरेको हो ।

यसअघि सुनसरीमा जेठ १५ गते देखि निषेधाज्ञा जारी भएको थियो ।

पछिल्लो समय सुनसरीमा पनि कोरोना सङ्क्रमणको दर तीव्र रूपमा वृद्धि भइरहेको तर बन्दाबन्दीले चेन ब्रेक भएको निष्कर्षसहित निषेधाज्ञाको अवधि जेठ २२ गतेसम्मको लागि थप गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

सोही बैठकले अत्यावश्यक बाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरू पुर्णरुपमा रोक लगाउने पनि निर्णय गरेको सुनसरी प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button