तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट धनुषामा थप दुई को मृत्यु, ९६ नयाँ संक्रमित थप  

जनकपुरधाम । कोरोना सङ्क्रमणका कारणले धनुषामा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना पुरुष र एक महिला रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति धनुषाले जनाएको छ ।
कोरोनाका कारणले धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नंं ८ का वर्ष ७८ का महिलाको उपचारको क्रममा जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको समितिका सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत यमन सुन्दर श्रेष्ठले जानकारी दिनुभएको छ ।
यसै गरी जनकपुरधाम उपमहानगरपालिका वडा नंं १७ का वर्ष ४५ का पुरुषको सुनसरी जिल्लाको वि एन सी बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको उहाँले जानकारी दिनु भएको छ ।
दुवै मृतक सङ्क्रमितमा अक्सिजनको मात्रामा कमी भएको र श्वासप्रश्वासमा समस्या आउँदा अक्सिजन तथा भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि निको हुन नसकी मृत्यु भएको चिकित्सकको भनाई रहेको छ । हिजो कोरोनाका कारणले ६ जनाको मृत्यु भएका थिए ।
यसै गरी धनुषा जिल्लामा २ सय १९ जनाको नमुनाको पीसीआर परीक्षण गर्दा ९३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जनकपुरधामको प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाका नयाँ बिरामी थप भएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button