तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा थप ३ जना सङ्क्रमितको ज्यान गयो

symbolic picture
बागलुङ । शुक्रवार बागलुङमा तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
संक्रमित मध्ये जिल्लाको तमानखोला गाउँपालिका–५ निवासी ६७ वर्षीया महिला र  बरेङ गाउँपालिका–१ निवासी ६५ वर्षका पुरुषको धौलागिरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ  ।
यस्तै  ढोरपाटन नगरपालिकाको कोरोना अस्पतालमा ढोरपाटन नगरपालिका–५ निवासी ६५ वर्षका पुरुषको मृत्यु भएको  स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो । यो सँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button