तपाईँ सुन्दै हुनुहुन्छः

धतुरोको सब्जी खादा एकै परिवारका सात जना बिरामी

पाँचथर । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं ४ मा बारीमा पाइने धतुरो प्रजातिको झारपातको सब्जी बनाएर खादा आज एकै परिवारका सात जना बिरामी भएका छन् ।
बिरामी मध्ये  गम्भीर चार जनालाई थप उपचारको लागि झापास्थित बिर्तासिटी हस्पिटलमा लगिएको र अन्यको स्थानीय स्तरमा उपचार भइरहेको राँके प्रहरी चौकीका नायव प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले बताउनुभएको छ ।
स्थानीय समाजसेवी ठाकुर नेम्बाङका अनुसार बारीमा पाइने धतुरो जातको झार सब्जी बनाएर खाएका कारण स्थानीय ६८ वर्षीय लक्ष्मी नेम्बाङ, उनकी ६० वर्षीय लछुमाया नेम्बाङ, २७  वर्षीय छोरा दिपक नेम्बाङ र एक नातिनी गम्भीर बिरामी भएर उनीहरूको उपचारको लागि झापा लगिएको छ भने अन्य १० बर्ष मुनिका नातिनातीनाहरुलाई स्थानीय तहमा उपचार भइरहेको छ ।
शुक्रवार बिहान १० बजे बारीको झारपात सहितको धतुरोको सब्जी खाएपछि उनीहरू बेहोस हुने, बरबराउने, बान्ता गर्ने भए पछि उनीहरूलाई उपचारमा पठाइएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button