तपाईँ सुन्दै हुनुहुन्छः

बजेट भोलि आउने                                         

File photo
काठमाडौँ । सरकारले आगामी आर्थिक बर्ष २०७८।७९ का लागि वार्षिक बजेट भोलि अपराह्न सार्वजनिक गर्ने भएको छ ।
संसद् विघटन भएको अवस्थामा सरकारले अध्यादेश मार्फत भोलि अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बजेट सार्वजनिक गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयले बजेट सम्बन्धी सम्पूर्ण तयारी पूरा गरेको र त्यस क्रममा शुक्रवार आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदन समेत सार्वजनिक गरिसकेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button