तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन जेठ १९ गते बोलाउने निर्णय

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको वर्षे अधिवेशन जेठ १९ गते बोलाउने निर्णय गरेको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १९ गते १ बजे प्रदेशसभा आह्वानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।
बजेटको तयारी गरिरहेको प्रदेश सरकारले यसअघि संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच आगामी दिनमा कसरी अगाडि जान सकिन्छ भन्ने विषयमा सर्वदलीय बैठक बसालेर सुझाव सङ्कलन गरेको थियो ।
शुक्रवारको मन्त्रिपरिषद् बैठकले प्रदेश वन ऐन सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको केसीले जानकारी दिनुभयो ।
यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल गर्न विशेष अधिवेशन आह्वान भएको थियो । त्यस दिन नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि बैठक नबसी अधिवेशन अन्त्य भएको थियो । त्यसपछि विपक्षी गठबन्धनले विशेष बैठक आह्वान गर्न आग्रह गरे पनि हुन सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button