तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा अमेरिकी समकक्षी बाइडेनलाई पत्राचार, खोपका लागि विशेष पहल गरिदिन आग्रह

 

वासिङ्टन । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई नेपाललाई कोभिड–१९ विरुद्धको खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गर्दै पत्राचार गर्नुभएको छ ।
राष्ट्रपतिको पत्र नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाउनुभएको छ ।

उक्त भेटमा राजदूत खतिवडाले मासिंगालाई नेपालमा भाइरस महामारीको अवस्था र खोप अभियानबारे अवगत गराउनुभएको थियो ।जवाफमा अमेरिकी स्टेट डिपार्टमेन्टका सल्लाहकार मासिंगाले नेपाललाई जतिसक्दो चाँडो कोभ्याक्स सुविधा र द्धिपक्षीय संयन्त्रबाट खोप उपलब्ध गराउन अमेरिकाले पहल गर्ने जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button