तपाईँ सुन्दै हुनुहुन्छः

जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य उद्देश्य : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त प्रणालीको  संरक्षण  र विकास गर्नु सबैको कर्तव्य भएको बताउनुभएको  छ ।
१४औँ गणतन्त्र दिवसका अवसरमा आज काठमाडौँको जङ्गी अड्डामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनता सार्वभौम बनेको आजको दिनको विशेष महत्त्व रहेको भन्नुहुँदै प्राप्त उपलब्धि संस्थागत गर्न आफु सधैँ प्रयत्नशील रहेको बताउनुभयो ।
May be an image of indoor
प्रधानमन्त्री ओलीले जनताको अभिमत नै सर्वोपरि र निर्णायक हुने भएकाले  आफूले ताजा जनादेशमा जाने निर्णय गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकार आगामी निर्वाचनलाई निर्धारित समयमै  स्वच्छ,निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुहुँदै  चुनाव हुँदैन र गराइँदैन भन्ने दुष्प्रचारको भ्रममा नपर्न आह्वान गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सत्ता आकाङ्क्षी समूहले सरकारका हरेक पाइलामा व्यवधान र घेराबन्दी गरेर लोकतान्त्रिक प्रणालीलाई  दुरुपयोग गर्न खोजेको भन्नुहुँदै यस्ता प्रवृत्तिको छिनोफानो अब जनताले गर्ने बताउनुभयो ।
May be an image of one or more people and text that says 'गणतन्त् दिवस २०७८ मूल समारोह आयोजक मूल समारोह समिति'
समारोहमा, विश्व समुदाय नै यति बेला कोरोना महामारी विरुद्ध सङ्घर्षमा जुटेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले मानव समुदायका लागि चुनौतीका रुपमा देखा परेको यो महामारीबाट जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कतिपय सम्पन्न मुलुकहरूले समेत कोरोनाको उपचारलाई निःशुल्क गर्न नसकेको बेला सरकारले जनतालाई  निःशुल्क खोपको व्यवस्था गर्नुका साथै कतिपय सङ्क्रमितको उपचार समेत निःशुल्क  गरिरहेको बताउनुभयो ।
May be an image of indoor
प्रधानमन्त्री ओलीले पूर्व तयारी नहुँदा र मौजुदा संरचनाको क्षमताले सबै समस्यालाई सम्बोधन गर्न नसकिएको अवस्थाबाट स्वास्थ्य संरचना र पूर्वाधारलाई व्यवस्थित गर्दै अघि बढिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आगामी निर्वाचन भन्दा अगाडि नै  सबै जनतालाई खोप उपलब्ध गराउने भन्नुहुँदै उपलब्ध क्षमताको भरपुर प्रयोगमार्फत कोभिड विरुद्धको लडाइँमा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो ।
May be an image of 1 person, sitting, indoor and text that says 'X'
सम्बन्धित समाचार :

प्रतिक्रिया राख्नुहोस्

Back to top button