तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र दिवसको अवसरमा सल्यानका ६ कैदीको कैद मिनाहा 

सल्यान । १४ औँ गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार सल्यानमा कैद भुक्तान गरी रहेका ६ कैदीको कैद कट्टा गरी माफी मिनाहा गरिएको छ ।
२ कर्तव्य ज्यान, २ सवारी ज्यान र २ बहुविवाह मुद्दामा कैद भुक्तान गरिरहेका ६ कैदीको कैद मिनाहा गरिएको जिल्ला कारागार सल्यानका प्रमुख बल बहादुर केसीले बताउनुभयो ।
कैद मिनाहा पाउनेमा १ महिला र ५ पुरुष रहेको छन् ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली अनुसार ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरेका तथा अनुशासित ६ कैदीको कैद मिनाहा गरिएको केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button