तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा च्यापिएर तनहुँमा एक महिलाको मृत्यु 

तनहुँ । अविरल वर्षासँगै आएको पहिरोमा च्यापिएर तनहुँमा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको ब्यास नगरपालिका वडा न १ स्थित निर्मलनगरमा शनिबार राति १ बजे पहिरोमा च्यापिएर गम्भीर घाइते भएकी ६२ वर्षीय सरस्वती घर्तीको मृत्यु भएको हो ।
उहाँलाई आफन्तले उद्धार गरेर राति नै अस्पताल लैजाने क्रममा उनको बाटोमा नै ज्यान गएको सोही वडाका वडाध्यक्ष खरसिं दरैले जानकारी दिनुभयो ।
घरमाथिबाट पहिरोसँगै ठुलो ढुङ्गा खसेर घर भत्काएपछि घर्ती सोही घरमा च्यापिनु भएको रहेनछ वडाध्यक्ष दरैले भन्नुभयो “छोरा बुहारीले उद्धार गरे पनि बच्न सक्नुभएन ।”
घरमा परिवारका पाँच जना सुतेको भएता पनि अन्य चार जनाले भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।
वडाध्यक्ष दरैका अनुसार पहिरोका कारण घर्तीको घरको पछाडिको भाग पुर्णरुपमा क्षति पुगेको छ ।
तनहुँ लगायत गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ ।
वर्षासँगै विभिन्न किसिमका प्राकृतिक दुर्घटना हुने सक्ने भन्दै जोखिम युक्त स्थानमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले विज्ञप्ति नै प्रकाशित गरी आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button