तपाईँ सुन्दै हुनुहुन्छः

गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु 

चितवन । चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर १ की तेज कुमारी सुनुवार रहेकी छिन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउसो १२ः३५ बजेको समयमा सोही वडाको चतुर्मुखी सामुदायिक वनमा जङ्गलमा घाँस तथा न्युरो खोज्न गएको अवस्थामा उनलाई गैँडाले आक्रमण गरेको थियो ।

आक्रमणबाट  गम्भीर घाइते उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button