तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणका कारण बाँकेमा थप चार जनाको मृत्यु

बाँके । कोरोना सङ्क्रमणका कारण बाँकेमा थप ४ जनाको मृत्यु भएको छ ।

शुक्रवार बेलुकादेखि आज १२ बजे सम्मको समय अवधिभित्र उनीहरूको उपचारका क्रममा बाँकेका दुई वटा अस्पतालमा चार जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा दुई जना बर्दिया र दुई जना दाङका रहेका छन् ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया मधुवन नगरपालिका–६ की ५२ बर्षीया महिला, राप्ती गाउँपालिका–६, दाङकी ५२ बर्षीया महिला र लमही नगरपालिका–३, दाङका ४० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसै गरी बढैयाताल गाउँपालिका–४, बर्दियाका ३५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको ओलीले जानकारी दिनुभयो ।

योसँगै बाँके जिल्ला भित्रका २ सय ८८ जनाको कोरोनाबाट मृत्यु गएको छ भने बाहिरी जिल्लाबाट बाँकेमा आई उपचार गराई रहनुभएकाको मृत्यु हुनेको सङ्ख्या २ सय ७४ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button