तपाईँ सुन्दै हुनुहुन्छः

राष्टपतिद्वारा तीन वटा बजेट अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा बजेट अध्यादेशहरू जारी गर्नुभएको छ ।

राष्ट्रपति नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश–२०७८, विनियोजन अध्यादेश–२०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश–२०७८ गरी तीन वटा बजेट अध्यादेशहरू जारी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यी अध्यादेश जारी भएसँगै नयाँ बजेटका लागि बाटो खुलेको छ ।

राष्ट्रपतिबाट अध्यादेश जारीभएसँगै अहिले  ४:०० बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको  तयारी गर्नुभएको छ  ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ ।

No description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button