तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामका सबै वडामा स्वाब सङ्कलन गरिँदै

जनकपुरधाम । कोरोना सङ्क्रमितको खोजी अभियान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाले नगरका सबै वडामा शङ्कास्पद व्यक्तिहरूको निःशुल्क पी सी आर परीक्षणका लागि स्वाब सङ्कलन गरिरहेको छ ।
जेठ १३ गतेदेखि शुरु भएको स्वाब सङ्कलनको परीक्षण पनि प्रदेश २ सरकारले निःशुल्क रुपमा गरिरहेको छ । उपमहानगरपालिकाको स्वास्थ्य शाखा तथा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीको सक्रियतामा स्वाब सङ्कलन गरेर प्रादेशिक प्रयोगशालाबाट परीक्षण काम भइरहेको छ ।
ज्वरो, रुघा खोकी लागेका तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका शङ्कास्पद व्यक्तिलाई सम्बन्धित वडामा उपस्थित भएर स्वाब दिन उपमहानगरपालिकाका प्रमुख लाल किशोर साहले आम जनकपुरधामवासीमा आग्रह गर्नुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले कोरोना महामारीसँग जुध्न तयारी स्वरूप गोपाल धर्मशालामा सुविधा सम्पन्न आइसोलेसन सञ्चालन गरेको छ भने होम आइसोलेसनमा बसेका सङ्क्रमितहरूलाई खाना र औषधिसहित चिकित्सकीय परामर्श घरदैलोमा गई दिने गरिएको मेयर साहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button