तपाईँ सुन्दै हुनुहुन्छः

थप ६ हजार ८० जना कोरोना भाइरस सङ्क्रमणमुक्त

Ministry of Health

काठमाडौँ । नेपालमा आज थप ६ हजार ८० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

यो सँगै नेपालमा हालसम्म ४ लाख ३४ हजार ७ सय ५० जना संक्रमित निको  भएको र निको हुने दर ७८ दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज देशभर गरी ४ हजार ४ सय ८७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
आज १४ हजार ६ नमूनाको पिसिआर परीक्षण गर्दा ४ हजार ३ सय ११ जना र ७ सय ४६ नमूनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै नेपाली सेनाले विभिन्न समयमा व्यवस्थापन गरेको शवको सङ्ख्या समेत गरी आज १ सय १६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।
यो सँगै नेपालमा हाल सम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ७ हजार १ सय ६३ पुगेको छ भने १ लाख ११ हजार ५ सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button