तपाईँ सुन्दै हुनुहुन्छः

चेल्सीलाई दोस्रो पटक युएफा च्याम्पियन्स लिगको उपाधि

काठमाडौं ।  बेलायती क्लब चेल्सीले युरोपेली फुटबल प्रतियोगिता युएफा च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

गए राति नेपाली समय  १  बजे भएको फाइनल खेलमा चेल्सीले अर्को बेलायती क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेर  दोस्रो पटक उक्त  उपाधि जितेको हो ।

पोर्चुगलको पोर्टो   सहरमा भएको हिजोको फाइनल खेलमा चेल्सीका लागि २१ वर्षीय जर्मन अट्याकिङ मिडफिल्डर   काई  हाबत्सले  पहिलो हाफको  ४२  औँ मिनेटमा गोल गरेका थिए ।

खेलमा थप कुनै गोल हुन नसके पछी र खेल चेल्सीले १-० गोल अन्तरले जितेकाे हाे ।

सात पटक इंग्लिस प्रेमिएर लिग जितेको म्यानचेस्टर सिटीले अहिले सम्म युएफा च्याम्पियन्स लिगको उपाधि जितेको छैन भने चेल्सीले सन् २०१२मा पनि उक्त उपाधि जितेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button