तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दामा आज (आइतबार) संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । संवैधानिक इजलासमा श्क्रबार यो मुद्दमा पहिलो सुनुवाइ भए पनि बहस नसकिएपछि आज पुनः सुनुवाइ हुन लागेको हो ।

शुक्रबार ३ बजेसम्मका लागि सुनुवाइको तयारी गरिएको भए पनि कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरिएको छ। संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ हुनुहुन्छ ।

शुक्रबारको सुनवाइमा ९ जना रिट निवेदकले बहस गर्नुभएको थियो। आज १०औं नम्बरका रिट निवेदकहरु अर्थात सांसदहरूको पालो आउनेछ।

प्रधानमन्त्री ओलीको सिफारिशमा जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । उहाँले कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।

संसद् विघटनविरुद्ध ३० वटा रिट परेका छन्। जसमा २६ रिट संसद् पुनःस्थापन गरी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश माग गरिएको छभने चार वटा रिटमा संसद् पुनःस्थापना गरि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button