तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना सङ्क्रमणका कारण थप ४ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा ३ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका २ जना तथा दाङ र सल्यानका १र१ जना छन् ।

जिल्ला कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत बाँसगढी ३ बर्दियाका ४२ वर्षीय पुरुष, बढैयाताल ५ बर्दियाकी ५८ वर्षीया महिला र बागचौर ८ सल्यानका ६१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर ४ दाङकी ४२ वर्षीया महिलाको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट बाँकेका २ सय ८८ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २ सय ७९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button