तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाको टेनिसीमा सेस्ना विमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु

वासिङ्टन ।  एउटा सानो सेस्ना जेट विमान शनिबार संयुक्त राज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सेस्ना सी५०१ विमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना विमानस्थलबाट उडेको केही समयभित्रै विमान पोखरीमा खसेको उल्लेख छ ।

उद्धारकर्मीका अनुसार विमानमा सवार सबै सात जनाको ज्यान गएको छ । सङ्घीय हवाई उड्डयन प्रशासनले विमान दुर्घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ ।  रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button