तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा समस्यामा परेका मुसहर परिवारलाई राहत वितरण

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका भित्र हातमुख जोर्न समस्या परिरहेका एक सय मुसहर परिवारलाई राहत वितरण गरिएको छ ।

दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेकालाई स्टोरीज अफ नेपाल समुदायको सहयोग र दलित सरोकार मञ्च नेपाल, कञ्चनरुप नगरपालिका–८, सप्तरीको समन्वयमा एक सय मुसहर परिवारका समुदायलाई शनिबार राहत वितरण गरिएको हो ।

कञ्चनरुप नगरपालिका–५ पिप्रा,रामपुर पथरी र कञ्चनरुप नपा–४ बकालमा दैनिक मजदुरी गरेर खाने मुसहर समुदायलाई राहत वितरण गरिएको हो ।

राहतमा २५ किलो चामल,३ किलो दाल,२ लिटर तेल,३ किलो मुरही,२ केजी प्याज र सरसफाइ र व्यक्तिगत सुरक्षाका लागि एक प्याकेट मास्क (५० पिस),६ ओटा हात धुनका लागि लाइफब्याइ साबुन, ६ वटा कपडा धुने साबुन, २ प्याकेट स्यान्ट्री प्याड र एक लिटर फिनेल वितरण गरिएको दलित सरोकार मञ्चका कार्यक्रम संयोजक सुनिल सरवरियाले बताउनुभयो ।

दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न मुसहर समुदायलाई राहत वितरण गरिएको मञ्चका कार्यक्रम संयोजक सरवरियाले जानकारी दिनुभयो ।

कोशी किनारमा रहेका उक्त गाउँका अधिकांश घरलगायत निर्माणको काममा खटिने मजदुर र कृषि क्षेत्रमा श्रम गर्ने मजदुर निषेधाज्ञाका कारण समस्यामा परेको जानकारी पाएपछि राहत वितरण गरिएको सरवरियाले बताउनुभयो ।

स्टोरीज अफ नेपालले विगत चार वर्षदेखि मुसहर समुदायलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button