तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगरसहित दुई जना पक्राउ

सुनसरी । झापा बुद्धशान्ती गाउँपालिका–३ धाईजन चोकबाट इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ती गाउँपालिका ३ धाईजन चौक बस्ने ३१ वर्षीय भिमल बस्नेत र २९ वर्षीय विशाल बस्नेतलाई पक्राउ गरेको हो ।

शनिबार बेलुका उनीहरूलाई लागू औषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्रामसहित पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button