तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली अस्पतालमा थप तीन जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा आज थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

महाकाली अस्पतालमा उपचारको क्रममा भीमदत्त नगरपालिका–१६ की ६० वर्षीया महिला, शुक्लाफाटा नगरपालिका–१० का ५२ वर्षीय पुरुष र गौरीगङ्गा नगरपालिका–८ का ७६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले बताउनुभयो ।

उहाँले ६ जना निको भएर घर फर्केका र १० जना नयाँ सङ्क्रमित थपिएको पनि जनाकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button