तपाईँ सुन्दै हुनुहुन्छः

एमाले स्थायी कमिटी बैठक स्थगित

फाइल तस्बिर

काठमाडौँ । नेकपा एमालेको आज बस्ने भनिएको  स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५:०० बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो । ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न आजका लागि बोलाइएको बैठक भोलि बिहान १०ः०० बजे  बस्ने  गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस विज्ञ बजगाईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button