तपाईँ सुन्दै हुनुहुन्छः

प्राथमिक स्वास्थ्य केन्द्र सिमरालाई स्वास्थ्य सामग्री हस्तान्तरण

बारा । प्राथमिक स्वास्थ्य केन्द्र सिमरा, बारालाई एक समारोहका बीच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । प्रदेश सभा सदस्य सुन्दर विकको पहलमा प्रदेश नम्बर २ सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
अक्सिजन सिलिन्डर १० थान, सर्जिकल मास्क २००० पिस, डिस्पोजेवल ग्राउन १० थान, पिपिई १० थान, स्यानिटाइजर ५०० एम एल ५ पिस लगायतका स्वास्थ्य सामग्री वितरण गरिएका हुन् ।
प्राथमिक स्वास्थ्य केन्द्र सिमराले कोरोना सङ्क्रमितका लागि आइसोलेसन समेत सञ्चालन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button