तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा ६ जना कोरोना सङ्क्रमितको मृत्यु

symbolic picture

वीरगञ्ज । वीरगन्जमा उपचाररत थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा ४ जना र तराई अस्पतालमा २ जना संक्रमित गरी ६ जनाको आज उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमित भई वीरगन्जको तराई अस्पतालमा उपचारार्थ भर्ना भएका वीरगन्ज महानगरपालिका वडा नम्बर ११ निवासी २५ वर्षीय महिला र पर्सागढी नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीय पुरुषको आज अपराह्न उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो ।
वीरगन्जको नारायणी अस्पतालमा उपचाररत  रौतहटको हिमालीवस्ती वडा नम्बर ११ निवासी ५५ वर्षीय पुरुषको आज दिउँसो १ बजे मृत्यु भएको छ । जेठ ९ गते नारायणी अस्पतालमा भर्ना गरिएको पुरुषमा उच्च कोरोना संक्रमण रहेको र उपचारकै क्रममा आज दिउँसो मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।
त्यसैगरी वीरगन्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मिथिला नगर निवासी ६५ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । जेठ ८ गते भर्ना भएका पुरुषको उच्च निमोनियाको कारण अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रशासकीय अधिकृत श्रीवास्तवले बताउनुभयो ।
त्यसैगरी नारायणी अस्पतालमै उपचारको क्रममा पर्सागढि नगरपालिका वडा नम्बर ८ निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको श्रीबास्तबले बताउनुभयो । आजै उपचारको क्रममा नारायणी अस्पतालमै बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
जेठ ८ गते अस्पतालमा भर्ना भएका पुरुषको उच्च निमोनिया रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button