तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा एक साता लकडाउन थप

बझाङ । बझाङमा वैशाख १८ गतेदेखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ ।
आइतबार अपराह्न बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले जेठ १७ गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २४ गते सोमबारसम्मका लागि थप्ने निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा सङ्क्रमणको रोकथाम लागी निषेधाज्ञा नै उपयोगी देखिएकाले जेठ २४ गते मध्यराति १२ बजे सम्मका लागि थप्ने निर्णय गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button