तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत नखुलेको भारतीय नोटसहित एक पक्राउ

काठमाडौँ । स्रोत नखुलेको १ लाख २९ हजार ५ सय भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका वडा नम्वर १४ रम्पुराका ३६ वर्षीय विजय मुखिया रहेका छन् ।
शङ्का लागी चेकजाँच गर्दा भारतीय रुपैयाँ ५ सय दरका २ सय ५९ थानसहित उनलाई हनुमान नगर कंकालिनी नगरपालिका वडा नम्वर १४ बेरियाघाटबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button