तपाईँ सुन्दै हुनुहुन्छः

शोक प्रस्ताव पारित गरेर बागमती प्रदेश सभा बैठक स्थगित 

मकवानपुर । बागमती प्रदेशसभाको आइतबार बसेको आठौँ अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।
बजेट अधिवेशनको पहिलो बैठक प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो ।
बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाईँले अधिवेशन आह्वान र मन्त्रीमण्डल पुनर्गठनबारे पठाउनुभएको पत्र पढेर सुनाउनुभएको थियो ।
बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले शुभकामना मन्तव्य दिने, आर्थिक वर्ष २०७७ को महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन तथा लेखा समितिले २०७८ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची भए पनि त्यसमा प्रवेश नै नगरी स्थगित भएको हो ।
प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button