तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान

रुपन्देही । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गर्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेश गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको बुझिएको छ ।

दोस्रो पटक मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिसँगै उहाँको सिफारिसमा विशेष अधिवेशन अन्त्य गरिएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button